अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट चार जनाको मृत्यु, ३ हजार बढी संक्रमित

By खबरहब

December 23, 2023

नयाँदिल्ली– भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।  

भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल सङ्क्रमितको संख्या ३ हजार नाघेको छ । 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।

साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।