फाइल फोटो

समाचार

राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो : देव गुरुङ 

By खबरहब

December 23, 2023

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफू राष्ट्रियसभाको उम्मेद्वार बन्ने भन्ने बारेको कुरा सत्य नभएको बताएका छ्न ।

उनले यो कुरा हल्ला र भ्रम भएको बताए । केही सञ्चार माध्यमले आफूखुसी लेखेको भन्दै अहिले पार्टीको जिम्मेवारीमा भएकाले त्यतातिर सोच नभएको बताए ।

उनले खबरहबसंग भने, ‘कुनै पनि उम्मेद्वार र उम्मेदवारीका बारेमा अहिले छलफल भएको छैन । म त झन राष्ट्रियसभामा जाने पक्षमा पनि छैन । हुँदै नभएको विषयमा हल्ला त गर्नुभएन नि । यो विषमा छलफल नै भएको छैन ।’

उनले पार्टीमा छलफल हुने र पार्टीले दिएको सल्लाहमा आफू चल्ने बताउँदै अरुलाई अवसर दिने पक्षमा आफू रहेको बताएका छन् । 

उनले भने, ‘को को उम्मेदवार भन्ने विषयमा छलफल नै भएको छैन । यतिकै हल्ला गर्नु त भएन नि । मलाई पनि सोध्नु पर्यो नि ।’