फाइल फोटो

समाचार

राजनीतिक धुव्रिकरण आवश्यक : महासचिव पोखरेल

By खबरहब

December 23, 2023

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक धुव्रिकरण आवश्यक रहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताए ।

‘देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ’, महासचिव पोखरेलले भने। उनले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘देश जोगाउने र स्वाधीनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ ।’मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ । 

महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन् ।