सांकेतिक तस्वीर

देश/प्रदेश

झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

By खबरहब

January 24, 2023

झापा– झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । 

एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार बिहान उनीहरूको शव फेला परेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

गत साउन पनि कचनकवल– ५ स्थित सुनकोसी चिया बगानमा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी शव फेला परेको थियो ।