समाचार

केवल व्यवसायीद्वारा ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र

By खबरहब

January 24, 2023

काठमाडौं– नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरूको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । 

बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले मंगलबार मन्त्री लिङ्देनलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत उपस्थिति रहेका बेला महासंघको टोली सदस्यले बिजुली पोलभाडाको सम्बन्धमा प्राधिकरणले इन्टरनेटसरहको व्यवहार गर्न नमिल्नेमा बताए । 

महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदीलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।