समाचार

संसद् भवनअघि एक जनाले गरे आत्मदाहको प्रयास

By खबरहब

January 24, 2023

काठमाडौं– संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । घटनासम्बन्धी थप विवरण आउन बाकी छ ।