फाइल तस्वीर

देश/प्रदेश

भूकम्पमा परी बझाङमा एक जनाको हात भाँचियो

By खबरहब

January 24, 2023

काठमाडौँ- बझाङको जयपृथ्वी नगरपालिकामा भूकम्पमा परी एक जनाको हात भाँचिएको छ । भूकम्प आएपछि घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११ का ५२ वर्षीय हरिकृष्ण जोशीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

भूकम्पका कारण बझाङमा मंगलबार बेलुकासम्म ३३ घरमा क्षति पुगेको विवरण प्राप्त भएको उनले बताए । सुरक्षाकर्मीका भवन, स्वास्थ्य चौकी, विद्यालय भवन, तथा निजी घरमा आंशिक क्षति भएको विवरण आएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

उनका अनुसार बझाङको उत्तर, पूर्वी क्षत्रमा पर्ने पालिका जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, सूर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भूकम्पले क्षति गरेको छ ।

सोमबार रातिदेखि आएको वर्षा र हिमपातका कारण टेलिफोन टावरमा भएको समस्याका कारण केही स्थानमा भने टेलिफोन सेवा अवरुद्ध भएको र त्यसले सूचना संकलनमा समस्या भइरहेको उनले बताए ।