साङ्केतिक तस्वीर

अपराध

१५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

By खबरहब

January 24, 2023

काठमाडौँ- बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक एसपी दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए ।