तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

देशमा कृषि संकटकाल घोषणा गर्न पाकिस्तानी किसानको माग

By खबरहब

January 24, 2023

काठमाडौँ- खाद्य असुरक्षा बढ्दै गएका बेला पाकिस्तानको किसान संघले मुलुकमा कृषि संकटकाल घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । पाकिस्तानी किसानहरुको संगठन पाकिस्तान किसान इत्तेहाद पीकेआईले सरकारसमक्ष मुलुकमा कृषि संकट घोषणा गर्न माग गरेको हो ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार पीकेआईका अध्यक्ष खालिद मोहम्मद खोखारले सरकारको कृषि नीतिको आलोचना गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस वर्ष सन् २०२३ मा पनि पाकिस्तानले विदेशबाट गहुँ आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उनले बजारमा हाल मलखादको पनि चरम अभाव देखिएकाले यसबारे पनि ध्यान दिन सरकारसँग माग गरे । पछिल्लो समय पाकिस्तानका विभिन्न क्षेत्रमा खाद्यान्नको चरम अभाव देखिएको बताइएको छ ।

पाकिस्तानमा गहुँ र पिठोको मूल्य अकासिएको छ भने किराना पसल तथा गोदाममा पनि खाद्यान्नको सञ्चिती घट्दै गएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।