तस्वीर- पीएसएम न्युज मालदिभ्स

अन्तर्राष्ट्रिय

भारतद्वारा मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान

By खबरहब

January 24, 2023

काठमाडौँ- भारतले मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान गरेको छ । भारतीय सहयोग कार्यक्रमअन्तर्गत मालदिभ्सलाई दुई वटा समुद्री एम्बुलेन्स हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईल जनाएको छ ।

मालदिभ्सको नूनु मनाढुमा आयोजित एक कार्यक्रममार्फत् मालदिभ्सको रक्षा मन्त्रालयलाई उक्त सहयोग हस्तान्तरण गरिएको एएनआईले जनाएको छ ।

एम्बुलेन्स हस्तान्तरण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका मालदिभियन समकक्षी अब्दुल्ला शाहिद पनि सहभागी रहेको बताइएको छ ।

भारतले उपलब्ध गराएका एम्बुलेन्स ६२ लाख मालदिभियन रुफया बराबरको रहेको एएनआईले जनाएको छ । भारतीय सहयोगबाट मुलुकको स्वास्थ्य सेवा सुदृढ हुने मालदिभ्स सरकारले जनाएको छ ।

मालदिभ्सको सरकारले विज्ञप्ति जारी गर्दै समुद्री एम्बुलेन्सबाट बिरामीलाई उपचारका लागि एक टापुबाट अर्को टापुमा लैजान सहज हुने जनाएको छ ।