समाचार

इन्टरनेट र टेलिफोनका अव्यवस्थित तार हटाउन महानगरको निर्देशन

By खबरहब

February 24, 2023

काठमाडौं– ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सडक किनारका पोलमा झुन्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर कुरूप भएपछि महानगरले एक सार्वजनिक सूचना जारी गर्दै तीनलाई सात दिनभित्र हटाउन भनेको हो ।

ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपेको भन्दै तार हटाउन भनेको हो ।

सात दिनभित्र तारहरू नहटाए कारबाही हुने महानगरपालिकाले चेतावनी दिएको छ ।