ब्रेकिङ स्टोरी

बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक सुरु

By खबरहब

February 24, 2023

काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस)सहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरू बिच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको छ ।

 नेकपा (एस)ले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफ्नो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।