फाइल तस्वीर

राजनीति

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ : उपमहासचिव ज्ञवाली

By खबरहब

February 24, 2023

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने बताएका छन् ।

एमालेले थालेको ग्रासरुट अभियानका लागि पाँचथरको फिदिम पुगेका ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपतिको निर्वाचनमा एमाले र कांग्रेसबीच सहकार्य हुनसक्ने बताएका हुन् ।

मुलुकमा भूराजनितिक चलखेल हुन नदिन प्रमुख दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस सकरात्मक भए राष्ट्रपति निर्वाचनमा सहकार्य हुन सक्ने बताए ।