फाइल तस्वीर

राजनीति

सिंहदरबारमा सेवाग्राहीको प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न सांसद ज्वालाको माग

By खबरहब

February 24, 2023

काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राहीलाई प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न माग गरेका छन् ।

प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरबार प्रवेशका लागि सेवाग्राही लाइन लाग्ने गरेको प्रसङ्ग उठाए । यसका लागि उनले सिंहदरबारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न माग गरे ।

मन्त्रालयजति सबै सिंहदरबारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरबार प्रवेशलाई सहज गराउन माग गरे ।