राजनीति

सभामुख घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त

By खबरहब

February 24, 2023

काठमाडौँ- सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त भएका छन् ।

‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले भने

अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनीसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।