ब्रेकिङ स्टोरी

बालुवाटारमा नेताको लर्को : ओली बाहिरिएलगत्तै कांग्रेसका नेता पुगे, छलफल जारी

By खबरहब

February 24, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिएका छन् ।

संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले दुई नेताबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।

ओली बाहिरिएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ ।