फाइल तस्वीर

देश/प्रदेश

गोविन्देले आक्रमण गर्दा इजरायली नागरिकको मृत्यु

By खबरहब

February 24, 2023

काठमाडौँ- चितवनको रत्ननगर नगरपालिका ६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।