ब्रेकिङ स्टोरी

नयाँ राष्ट्रपति चयनका विषयमा बालुवाटारमा जारी बैठकमा ७ दल जम्मा

By खबरहब

February 24, 2023

काठमाडौँ- भावी राष्ट्रपतिको निर्वाचनको विषयमा सहमति खोज्नका लागि बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन् ।

बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसिकेका बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी ७ दलको बैठक बसेको हो ।

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभूत छलफल गरेपनि कुनै निष्कर्ष निकाल्न सकेका थिएनन् ।

भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफ्नो दाबी नछाडेपछि राष्ट्रपति चयनमा सकस परिरहेको छ ।