फाइल तस्वीर

ब्रेकिङ स्टोरी

नयाँ राजनीतिक यात्रा सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 24, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय भएसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बैठक पछि भने ।

उनका अनुसार नेकपा एसका नेता ज्वालाका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन ।