राजनीति

सर्बदलीय सरकारमा सहभागी हुन आठ दललाई प्रधानमन्त्रीको आग्रह

By खबरहब

February 24, 2023

काठमाडौं – नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन ।

वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन । अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु पर्याे भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने । उनका अनुसार २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रीमण्डल गठन हुनेछ ।