फाइल फोटो

राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्न माधव नेपाल बालुवाटारमा

By खबरहब

March 24, 2023

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

यसअघि बिहीबार बेलुकी उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।