फाइल तस्वीर

देश/प्रदेश

बाघको आक्रमणबाट महिलाको मृत्यु

By खबरहब

March 24, 2023

काठमाडौँ- बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणका कारण कञ्चनपुर पुनर्वास नगरपालिका–१० भीमबस्तीकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।

भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

“पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्”, उनले भने, “सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।”

प्रहरीका अनुसार अन्य महिलाहरु सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताए । “शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ”, उनले भने, “मतृकको घाँटी र टाउको चोट देखिएको छ ।”