फाइल फोटो

अपराध

चितवनको भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

By खबरहब

March 24, 2023

काठमाडौँ- चितवनको भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका ९ केन्द्रीय बसपार्कनजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैरेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।