काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन् ।
‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो । अरु मेरो कुनै स्वार्थ छैन’ कोइरालाले भने।
नेपाल जेसिसले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थीरता र अवसरको अभावले युवा शक्ति विदेस पलायन भइरहेको समेत बताए ।
कोइरालाले युवा शक्ति पलायन हुँदा देश बिकासमा कठिनाइ भएको दुखेसो समेत पोखे ।