अन्तर्राष्ट्रिय

राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

By खबरहब

March 24, 2023

लण्डन- अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायत राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ ।

शाही अधिकारीहरूले चार्ल्स  र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’ बताएका छन् ।

बेलायतका राजा चार्ल्स  तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो । त्यस्तै, फ्रान्सका कूटनीतिक अधिकारीहरूले म्याक्रोँविरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने बताएका थिए ।

महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि राजा चार्ल्स र उनकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम तय भएको थियो ।