सांकेतिक तस्बिर

देश/प्रदेश

गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरे

By खबरहब

March 24, 2023

काठमाडौँ- सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

गए राति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।