राजनीति

कोशी प्रदेश नामाङ्कनको विरोधमा मृत्यु भएका लिम्बूलाई सहीद घोषणाको माग राख्दै प्रदर्शन

By खबरहब

March 24, 2023

काठमाडौँ- कोशी प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनमा घाइते भइ बिहीबार राती मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने भन्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने, लिम्बुका हत्यारालाई कारवाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको बिहीबार राति निधन भएको थियो ।