प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

एआईको प्रयोग गरी दक्षिण चीन सागरमा सैनिक गतिविधिलाई तीव्रता दिँदै चीन

By खबरहब

March 24, 2023

काठमाडौँ– चीनले दक्षिण चीन सागरमा आफ्ना सैनिक गतिविधिलाई थप तीव्रता दिन कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गर्ने गरेको खुलेको छ ।

साउथ चाइना मर्निङ पोस्ट ९एससीएमपी० मा प्रकाशित समाचाअनुसार केही समयअघि चिनियाँ नागरिक उड्डयन विश्वविद्यालयको टोलीले दक्षिण चीन सागरमा बन्दोबस्ती सञ्जालको विकास र सञ्चालनबारे एआई ‘सिमुलेशन’ गरेको थियो ।

यसबाट दक्षिण चीन सागरमा चीनको आर्थिक गतिविधि र विवादित समुद्रमा क्षेत्रीय दाबीलाई थप मजबुत हुने बताइएको छ ।

सिमुलेशनको विश्लेषणबाट दक्षिण चीन सागरमा अवस्थित स्प्रेट्ली र पारासेल टापुका १७ देखि ८० स्थानमा बन्दोबस्तीका सञ्जाल विस्तार गर्न लागिएको एसिया न्युजले जनाएको छ ।

दक्षिण चीन सागरमा आफ्नो दाबीलाई थप मजबुत बनाउन चीनले कृत्रिम रुपमा पारासेल र स्प्राट्ले टापुको निर्माण गरेको हो ।

विश्वविद्यालयका शोधकर्ताहरुले विभिन्न पारवहनका साधनको समन्वय र सञ्चालन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पारवहनको व्यवस्था गर्नाले बन्दोबस्तीको सञ्जालको विस्तारका लागि आधारभूत अवस्थामा थप सुधार आउने छ ।

यसका लागि २० अर्ब चिनियाँ युआन अर्थात् २ अर्ब ९० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।