खेलकुद

क्रिकेट खेलाडी गुलशन झा सम्मानित

By खबरहब

March 24, 2023

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झालाई आज सर्लाही सदरमुकाम मलङ्गवामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

क्रिकेट खेलको माध्यममार्फत यस क्षेत्रको गरिमा बढाएको भन्दै मलङ्गवा-८ का वडाध्यक्ष मुकेश जयसवाललगायतले झालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । झालाई सो अवसरमा कदरपत्र समेत प्रदान गरिएको थियो ।

मलङ्गवा–८ निवासी खेलाडी झालाई सम्मानपछि बाजागाजासहित बजार परिक्रमा गराइएको थियो । झाले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको चैत २ मा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा अविजित ५० रन बनाएका थिए । जसको सहयोगमा नेपाल खेल डकवर्थ लुइस नियमका आधारमा नौ रनले विजयी हुँदै विश्वकप छनोट भएको थियो ।