ब्रेकिङ स्टोरी

बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

By खबरहब

April 24, 2023

बारा – हावाहुरीलगायतको समस्याका कारण सुरु हुन नसकेको बारा–२ को मतगणना आज बिहान सुरु हुने भएको छ ।

आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा–२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।

सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।

तनहुँ–१ मा मत परिणाम सार्वजनिक भइरहँदा बारा–२ र चितवन–२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङ्घन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ । जसकाकारण चितवन–२ मा मतगणना सुरु हुन नसकेको हो ।