क्रिकेट

आईपीएल क्रिकेट :चेन्नाईले कोलकातालाई हरायो

By खबरहब

April 24, 2023

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनमा चेन्नाई सुपर किंग्सले पाँचौ निकालेको छ।

गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

यो जितसँगै चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ भने कोलकाता ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ । कोलकाताको यो पाँचौं हार हो ।

चेन्नाईले दिएको २३६ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतक बनाए पनि जिताउन सकेनन् । रोयले २६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनवे, अजिन्का रहाने र शिभम दुवेले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए । रहानेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए ।