ब्रेकिङ स्टोरी

तनहुँ-१ : १३ हजार ६५ मत गणना हुँदा कसको कति?

By खबरहब

April 24, 2023

काठमाडौँ -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा हालसम्म १३ हजार ६५ मत गनिएको छ।

पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार २९३ मत पाएर अग्रता कायमै राखेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन् । भट्टराईलाई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मतका साथ पछ्याइरहेका छन् ।

वाग्लेले सुरुवातदेखि नै अग्रता कायम राखेका हुन्। राति साढे १२ बजे सुरु भएको गणनामा हालसम्म ८ वटा वडाको मत गनिसकिएको छ। बारा २ मा र चितवन २ मा मतगणना सुरु हुन सकेको छैन।