अन्तर्राष्ट्रिय

गर्भपतन र गर्भ निरोधक औषधिको बहस

By मनोज घिमिरे

April 24, 2023

माइफप्रिस्टोन पछिल्लो समय एकदमै धेरै बिक्री भएको औषधि। गर्भपतनका लागि प्रयोग हुने यो औषधिलाई न्यायालयले नै प्रतिबन्ध लगाए पछि यसको अन्य विकल्पका बारे बहस सुरु भएको थियो। फिफ्थ र्सक्युट कोर्टमा धेरै समय अल्झिएको यो मुद्दा अहिले अमेरिकाको सबै भन्दा पेचिलो मुद्दा बनेको छ। त्यसो त अमेरिकामा पछिल्ला केही वर्षयता अमेरिकामा गर्भ निरोधक र औषधि र गर्भपतन सम्बन्धी कानुन अत्यन्त बहसको विषय भएको छ।

आधा दशक भन्दा अघि नै सो औषधि सुरक्षित नभएको ठहर भएपछि अमेरिकी नियामक संस्था औषधि तथा खाद्य प्रशासन (एफडीए)ले दिएको अनुमतिलाई न्यायालयले खारेज गरेको थियो। अमेरिकी इतिहासमा नै यसरी आधिकारिक निकायको निर्णयलाई न्यायालयले उल्ट्याएको यो पहिलो पटक पनि हो। गर्भपतनका लागि आधा भन्दा बढी प्रयोग हुने माइफप्रिस्टोनलाई एफडीएले सन् २००० मा अनुमति दिएको हो। त्यस पछि यो औषधिलाई बेलायत र क्यानडा लगायत संसारका अन्य देशले पनि अनुमति दिन थालेका थिए।

आधा दशक भन्दा अघि नै सो औषधि सुरक्षित नभएको ठहर भएपछि अमेरिकी नियामक संस्था औषधि तथा खाद्य प्रशासन (एफडीए)ले दिएको अनुमतिलाई न्यायालयले खारेज गरेको थियो।

न्यायाधीश म्याथ्यु कसमायर्कले एफडीएले सबै कुरा नबुझेर हतारमा यो निर्णय गरेको आरोप लगाएको छ। साइड इफेक्टको असरलाई नजर अन्दाज गर्दै सो अनुमति दिइएको पनि ठहर गरिएको छ। अनुमति दिने सवालमा एफडीए मात्र होइन, अमेरिकन मेडिकल एसोसिएसन लगायत धेरै नेतृत्व दायी स्वास्थ्य संयन्त्रले यसलाई उपयुक्त ठहर गरेको थियो।

टेक्ससको सङ्घीय अदालतको यो निर्णय यसै महिनाको अन्त्यमा भएको थियो संयोग मान्नु पर्छ टेक्ससमा यो निर्णय भइरहँदा त्यसको वांसिङटनको सङ्घीय न्यायाधीशले त्यसको विपरीत निर्णय गरे। सो निर्णय अनुसार अमेरिकाका १७ प्रान्त र डिसीमा कुनै परिवर्तन आवश्यक भएन।

दुई फरक निर्णय भएपछि सरकारले फिफ्थ सर्किट कोर्ट अफ अपिलको गठन गरेको हो। सरकारले टेक्ससको निर्णयलाई थाती राख्दै अन्तिम निर्णय नभएसम्म माइफप्रिस्टोन बजारमा उपलब्ध गराइ रहने निर्णय पनि गरेका थिए।

दुई फरक निर्णय भएपछि सरकारले फिफ्थ सर्किट कोर्ट अफ अपिलको गठन गरेको हो। सरकारले टेक्ससको निर्णयलाई थाती राख्दै अन्तिम निर्णय नभएसम्म माइफप्रिस्टोन बजारमा उपलब्ध गराइ रहने निर्णय पनि गरेका थिए।

पुनरावेदन अदालतले सो औषधि बजारमा राख्ने कुरा यथावतै राखेको थियो। तर त्यसका लागि केही मापदण्ड पनि राखेको थियो। गर्भ भएको पहिलो सात साता मात्र यसको प्रयोग गर्न मिलने तथा लाइसेन्स प्राप्त चिकित्सक मार्फत मात्र प्रयोग गर्न मिल्ने भन्ने निर्णय भएको थियो। यसले सन् २०१९ को औषधिको सामान्य मापदण्डलाई फेरि उठान गरेको थियो।

सन् २००० को अनुमतिलाई फेर्न धेरै ढिला भइसकेका कारण बजारमा माइफप्रिस्टोन बजारमा यत्र तत्र नभएको होइन। तर, यसलाई नियन्त्रण गर्न नै असम्भव हुने ढङ्गको भने नभएको होइन भन्ने ठहर धेरै तीर भएको छ। तर पहिलो पटकको अदालती चुनौतीले यसको बजारमा धेरै धक्का लागेको भने साँचो हो।

गत साता तल्लो तहले गरेको अपिल पुनरावेदन गर्न तथा यसका बारे ठोस निर्णय निकाल्नका लागि अमेरिकी न्याय विभाग र औषधि उत्पादन संस्था लान्सो लेबरटरिजले यसको बारे ठोस निर्णय गर्नका लागि अपिल गरेका थिए।

सन् २००० को अनुमतिलाई फेर्न धेरै ढिला भइसकेका कारण बजारमा माइफप्रिस्टोन बजारमा यत्र तत्र नभएको होइन। तर, यसलाई नियन्त्रण गर्न नै असम्भव हुने ढङ्गको भने नभएको होइन भन्ने ठहर धेरै तीर भएको छ।

त्यो अपिलमा केही आधारभूत मूल्य र मान्यताको प्रसङ्ग पनि उठाइएको थियो। निवेदनमै एफडीएको निर्णयलाई परिवर्तन गर्ने कुरा बिमारीका लागि घातक हुने तथा स्वास्थ्य सेवा वितरण प्रणाली माथिको प्रहार भएको प्रतिक्रिया दिइएको थियो। पछिल्लो शुक्रवार फिफ्थ सर्कलको अत्यावश्यक विषय हेर्ने गरेका अमेरिकी सर्वोच्च न्यायालयका न्यायाधीश सामुयल अलिटोले बुधबारसम्म यो नियम कडाइका लागि लागु गरिने कुरा बताएका थिए।

बुधबार साँझ सो निर्णय शुक्रबारसम्म कार्यान्वयन गर्ने आदेश भएको हो। त्यसपछि नै शुक्रबार न्यायालयले तल्लो तहको अदालतको निर्णयलाई उल्ट्याउँदै कुनै पनि किसिमको प्रतिबन्ध नलगाउने निर्णय भएको हो।

अदालतले ६–३ को मतले यो निर्णय गरेको हो। न्यायाधीश जस्टिस अलिट्को र क्लेरेन्स थोमनस दुई जना यो निर्णयको पक्षमा थिएनन्। अलिट्कोले जाहेर गरेको मत यस्तो थियो, ‘अहिले यो निर्णय यथावतै राख्न जरुरी छकी त्यस औषधिले कुनै पनि खराब असर नगर्ने पुष्टि भएको छैन।’

अहिले अमेरिकी बजार र स्वास्थ्य क्षेत्रमा चलेको बहस न्यायालयको यो लामो समयको उल्झनका कारण परेको प्रभावलाई कसरी कम गर्ने भन्ने पनि हो। फिफ्थ र्सक्युट कोर्ट अप अपिलमा १७ मेमा अर्के सुनुवाइ सुरु हुने सहमति समेत भएको छ।

टेक्सस र वासिङ्टनको दुई फरक निर्णय भएपछि कसरी अबको बाटो तय हुन्छ भन्ने पनि अनिश्चित नै छ। १७ मेमा सुनुवाइ भए पनि सर्वोच्चले गरेको निर्णयलाई अगाडि बढाउने सहमतिकै सम्भावना प्रबल देखिएको छ।

अहिले अमेरिकी बजार र स्वास्थ्य क्षेत्रमा चलेको बहस न्यायालयको यो लामो समयको उल्झनका कारण परेको प्रभावलाई कसरी कम गर्ने भन्ने पनि हो।

टेक्ससको अदालतले खाद्य पदार्थ र औषधिलाई नियमन गर्ने पूर्ण एफडीएको पूर्ण अधिकारलाई बन्देज गर्न खोजेको तथा पूर्ण रूपमा अङ्कुश लगाउने खोजेको प्रतिक्रिया दिन थालेका छन्। फुड, डग तथा कस्मेटिक ऐन २०३८ अनुसार एफडीएलाई कुनै पनि औषधी पूर्ण सुरक्षित छ या छैन भनेर निर्णय गर्ने पूर्ण अधिकार दिएको छ।

टेक्ससको त्यो निर्णयले अन्य औषधिको अनुमोदनमाथि पनि चुनौती पेस गर्ने या प्रश्न उठाउने नजिर बसेको छ। यसले भविष्यमा बजारमा आउने हरेक औषधिको उत्पादक संस्थालाई धक्कासमेत दिएको छ। हवार्ड ल स्कुलका प्राध्यापक ग्लेन कोहेल आगामी दिनमा औषधि कम्पनीले अझै धेरै विवाद र समस्याको सामना गर्नु पर्ने बताउँछन्।

टान्स जेन्डरको उपचार तथा कोभिड-१९ को विषयमा धेरै औषधि बजारमा आउन थालेका छन्। यी नै औषधि प्रयोगमा आउने समयसम्ममा धेरै समस्या आउन सक्ने आशंका विज्ञहरूको छ। यसले उत्पादक कम्पनीले जोखिम महसुस गर्ने तथा उत्पादनमा हिचकिचाहट गर्ने सम्भावना समेत बढाएको छ। ‘यसले तत्कालका लागि कुनै अप्ठेरो निम्त्याएको छैन। तर, अपर्झट कुनै औषधिको प्रयोग गर्ने समयमा अनावश्यक झन्झट बेहोर्नु पर्ने सम्भावनालाई नकार्न सकिँदैन,’ कोहलले भने। त्यसो त टेक्ससमा पहिलो पटक यो निर्णय गर्ने न्यायाधीश म्थ्याथ्युको पारिवारिक पुष्ठभूमि नै गर्भपतन विरोधी अभियानसँग सम्बन्धित छ। उनको बहिनी १७ वर्षको हुँदा एकाएक गर्भवती आमाले गर्भपतन उपाय र सही विकल्प नभएको ठहर गर्दै छोरीलाई साथ दिएकी थिए। ती न्यायाधीश र आमा मिलेर बच्चालाई जन्म दिने निर्णय गरे।

टान्स जेन्डरको उपचार तथा कोभिड-१९ को विषयमा धेरै औषधि बजारमा आउन थालेका छन्। यी नै औषधि प्रयोगमा आउने समयसम्ममा धेरै समस्या आउन सक्ने आशंका विज्ञहरूको छ।

त्यसपछि उनीहरूको आमा छोरा नै गर्भपतन विरोधी अभियानमा सँगै प्रवेश गरेका थिए। एक क्रिस्चीयन सेन्टरमा उनकी बहिनी जस्ता धेरै जना योजना विपरीत गर्भवती हुनेहरूलाई राखिएको थियो। म्याथ्यु त्यहाँ पुगेर सहानुभूति दिने काम पनि बाँकी राख्दैन थिए। डोनाल्ड ट्रम्पको कार्यकालमा न्यायाधीश नियुक्त हुनु अघिसम्म उनी गर्भपतन विरोधी वकालत गर्ने गरी त्यही क्रिस्चीयन संस्थामा आबद्ध भएका थिए।

त्यसै कारण धेरैले त टेक्ससमा भएको पहिलो निर्णय नै पूर्वाग्रही भएको आरोप लगाउन समेतपछि परेनन्। कत्तिले टेक्ससको त्यो निर्णय पितृसत्तात्मक भएको ठहर गरेका छन्। यी बहस आफ्नो स्थानमा होलान्। तर सत्य के हो भने पूर्वेली समाज बढी खुला बन्दै गएको पश्चिमी समाज भनौँ या अमेरिका नै केही सवालमा पुराना सामाजिक मान्यताको पथमा फर्कन थालेको आभास भएको छ। स्रोत : बीबीसी