ब्रेकिङ स्टोरी

बारा-२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु गरिने

By खबरहब

April 24, 2023

बारा – हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ ।

हावाहुरीका कारण हिजो बैठक बस्न सकेको थिएन । हिजो हुन नसकेको बैठक अहिले बिहान सुरु भएको हो ।

जारी सर्वदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर केहीबेरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिए लगत्तै मत गणना सुरु हुनेछ ।

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।