ब्रेकिङ स्टोरी

स्वर्णिम र गोविन्दबीच करिब ५ हजारको मतान्तर

By खबरहब

April 24, 2023

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनामा हालसम्म १६ हजार ३७२ मतगणना सकिएको छ।

पछिल्लो मतपरिणाम अनुसार ११ वडाको मत गनिसक्दा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले ९ हजार २०२ मतले लिड गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतका साथ वाग्लेलाई पछ्याइरहेका छन् । वाग्ले र भट्टराईबीच ४९८९ मतान्तर रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले हालसम्म २ हजार ४३० मत ल्याएका छन् । उनी यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौँमा पराजित भएका थिए ।