यो सहरीकरणको युग हो। ग्रामीण विकास केन्द्रित नीतिले हामीलाई कतै लैजादैन। नेपालमा हाम्रो विकास नीतिलाई पहिले देखिनै ग्रामीण विकास नीतिले ‘अपहरण’गरिरहेको छ। मानिसहरु दुर्गमबाट सुगम बसाइँ सराई गर्ने क्रम बढे पनि ‘ग्रामीण विकास’ भन्ने विषय हाम्रो थेगो जस्तो भएको छ।
तराई क्षेत्रमा बढ्दो सहरीकरण हालैको २०७९ मा जारी गरिएको जनगणनाको प्रतिवेदनका आधारमा नेपालको सहरीकरण भनेको तराई क्षेत्रमा केन्द्रित भएको देखिन्छ। त्यहाँ तीन महानगर (भरतपुर, वीरगंज र विराटनगर) सहित १० भन्दा बढी उप-महानगरको विकास भएको छ। जसले गर्दा नेपालको विकासका लागि यस भौगोलिक क्षेत्रलाई महत्वपूर्ण बनाउँछ। यससँगै ३३ करोडभन्दा बढी जनसंख्या रहेको भारतको उत्तर प्रदेश र बिहारसँग तराईको सीमा जोडिएको छ। नेपालको बसाइँ सराई हिमालबाट पहाड र अन्ततः तराईमा सर्दै जाँदा यसको रणनीतिक महत्त्व पनि बढ्दै गएको छ। अर्थात् भारतको थप हामी माथि ‘बार्गेनिङ पावर’ को सम्भावना बढ्ने देखिन्छ।
यो सहरीकरणको युग हो। ग्रामीण विकास केन्द्रित नीतिले हामीलाई कतै लैजादैन। नेपालमा हाम्रो विकास नीतिलाई पहिले देखिनै ग्रामीण विकास नीतिले ‘अपहरण’गरिरहेको छ।
तराई क्षेत्रमा बसोबास गर्ने ६३ प्रतिशत नेपालको जनसंख्याले उपभोग्य वस्तु सीमा बाहिर बिहार र उत्तर प्रदेशका बजारबाट सस्तो दरमा उपयोग गर्ने एवं उताबाट वस्तु आयात सजिलैसँग नेपालमा बिक्री गर्नसक्ने भएकाले नेपाली राजनीतिमा भारतको भूमिका भविष्यमा अझ झन् प्रभावकारी हुने देखिन्छ। उपयुक्त मौसम र समथर भूगोल भएका ठाउँमा छिटो विकास हुने प्रवृत्ति हुन्छ भन्ने विषय सर्वविदितै छ। उच्च भेगमा भएर पनि सुन्दर उपत्यका भएको काठमाडौं उपत्यका ऐतिहासिक रूपमा अर्थतन्त्र, संस्कृति र परम्पराको केन्द्र रहेको छ। त्यसैले समथर स्थान वा विकास गर्न सजिलो स्थान सधै जीवनयापन तथा व्यापारका दृष्टिकोडले योग्य ठानिन्छ। त्यसैले विभिन्न सुविधा र अवसरका कारण जनता तराई जान बाध्य भएको देखिन्छ। नेपालका अन्य भागमा यो सम्भव त्यति देखिँदैन।
ग्रामीण विकास नीतिको पुर्नविचार तसर्थ, हामीलाई ग्रामीण विकास नीतिमा पुर्नविचार गर्नुपर्ने देखिन्छ। साथै अहिले विश्वमा ग्रामीण क्षेत्रलाई सहरी इलाका स्वरुप सुविधा सम्पन्न बनाउनु भन्दा नजिकैको सहरलाई ग्रामीण इलाकामा जोड्नु सजिलो देखियो। उदाहरणको लागि धुलिखेल आसपासका ग्रामीण क्षेत्रलाई धुलिखेलको सहरी क्षेत्र बढाएर विकास गर्न सजिलो देखियो। यो भनेको एकीकृत सहरी योजना नै हो। नेपालमा आउने अहिले वैदेशिक अनुदान हामीले विशेषगरी कर्णाली क्षेत्रको विकास गर्न खर्च गरिरहेका छौँ। बदलामा अधिकांश कर्णालीका युवा आफ्नो करियर र अवसरका लागि नेपालगन्ज वा दाङ बसाइँ सर्छन्। दोस्रो, एकीकृत सहरको मुद्दा पनि बलियो रुपमा महसुस हुँदैछ। एकीकृत सहरले कर संक्रणबाट प्रशस्त स्रोतहरू सिर्जना गर्ने देखिन्छ।
अहिले विश्वमा ग्रामीण क्षेत्रलाई सहरी इलाका स्वरुप सुविधा सम्पन्न बनाउनु भन्दा नजिकैको सहरलाई ग्रामीण इलाकामा जोड्नु सजिलो देखियो।
जुन सहर विकासमा सहयोगी हुनेछ। उदाहरणका लागि पूर्वमा विराटनगर-इटहरी, काठमाडौं उपत्यका-बनेपा-धुलिखेल, वीरगञ्ज-सिमरा, बुटवल-भैरहवा, नेपालगन्ज-कोहलपुर, धनगढी-अत्तरिया लगायतका सहर एकीकृत सहरी विकास योजनाका लागि उपयुक्त ठाउँ हुन सक्छन्।
हाई भ्यालु टुरिजम विकासको लागतका दृष्टिकोणले न्यून तराई क्षेत्रमा जनसंख्या केन्द्रित गरेर सहज जीवनयापन गराउन, पहाडलाई जलविद्युत केन्द्र तथा हिमाललाई ‘एडभेन्चर पर्यटन’को रुपमा विकास गर्न सकिन्छ। नेपालमा मानव बसोबास परम्परागत शैलीकै भएका कारण बाढी, पहिरो तथा भूकम्पका कारणले जोखिमयुक्त देखिन्छ। जसले गर्दा नेपालमा आवासको पुनसंरचना गर्नुपर्छ। पहाडमा छरप्रष्ट फैलिएको बसोबासले नेपालको विकासमा धेरै कठिनाइ सिर्जना गरेको छ। दुर्गम पहाडी एवं हिमाली क्षेत्रका सडक निर्माणमा किन अर्बौ रुपैयाँ लगानी गर्ने ? साहसिक पर्यटनको लागि यस क्षेत्रलाई प्राकृतिक अवस्थामै राख्नु उपयुक्त होला।
पहाडमा छरप्रष्ट फैलिएको बसोबासले नेपालको विकासमा धेरै कठिनाइ सिर्जना गरेको छ। दुर्गम पहाडी एवं हिमाली क्षेत्रका सडक निर्माणमा किन अर्बौ रुपैयाँ लगानी गर्ने ? साहसिक पर्यटनको लागि यस क्षेत्रलाई प्राकृतिक अवस्थामै राख्नु उपयुक्त होला।
यसबाट हामीले ‘हाई भ्यालु टुरिजम’ विकास गर्ने सम्भावना अधिक हुन्छ। साथै यसोगर्दा नेपालमा साहसिक पर्यटनको लागि ठूलो ‘हब’ को रुपमा परिणत हुनसक्ने प्रशस्त ठाउँहरू छन्।
अन्त्यमा उच्च हिमाली भेगमा रहेको विशुद्ध आदिवासी वा मूलवासी वस्तीलाई यथास्थितिमा राख्न सकिन्छ। जसले गर्दा समाजशास्त्री वा मानवशास्त्रीय अध्येता लागि अध्ययनको प्रमुख सामग्री हुन्छ। बेरोजगारी, गरिबी, कुपोषण लगायतका समस्या अनिच्छित क्रान्तिको प्रमुख कारण हो। रक्तपात पूर्ण क्रान्ति सहरबाट उत्पति हुने सम्भावना निकै न्यून हुन्छन्। तसर्थ व्यापक सहरीकरण जुन अहिले नेपालको तराई क्षेत्रमा देखिएको छ। यसले विभिन्न प्रकारको युद्ध र क्रान्तिबाट जोगाउने सम्भावना प्रबल छ।
नेपालका सहरी क्षेत्रमा जातीय प्रथा, अन्धविश्वास, लैङ्गिक असमानता लगायतका विभेद ग्रामीण क्षेत्रको तुलनामा न्यून देखिन्छ।
नेपालका सहरी क्षेत्रमा जातीय प्रथा, अन्धविश्वास, लैङ्गिक असमानता लगायतका विभेद ग्रामीण क्षेत्रको तुलनामा न्यून देखिन्छ। बृहत बजारसँगको नियमित अन्तरक्रियाले जनताको जीवनलाई सरल र सहज बनाउन ठूला अवसरहरू सिर्जना गर्छ। त्यसैले यो युग ग्रामीण विकास भन्दा पनि दिगो सहरीकरणको युग हो।