फाइल फोटो

ब्रेकिङ स्टोरी

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा 

By खबरहब

April 24, 2023

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।

काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायधीश ढकालको इजलासमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ ।

नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरूको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भए पछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

नाबालिग बलात्कारका मुद्दामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्दा लडिरहेका छन् ।