फाइल फोटो

राजनीति

अब यो देश युवाले हाँक्छन् : रबि लामिछाने

By खबरहब

April 24, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।  सामाजिक सञ्जालमा लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन् ।

 व्यवस्था बदलिए पनि अवस्था नबदलिएको उनको टिप्पणी छ। 

उनले भनेका छन्,-‘सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,’  लामिछानेको निष्कर्ष छ, ‘अहिलेको देश देख्दा लाग्छ हामी दशकौँ पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो अवस्था सुध्रिएन,’ ।

उनले अगाडि लेखेका छन्, लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।