ब्रेकिङ स्टोरी

बारा-२ मा मतगणना सुरु

By खबरहब

April 24, 2023

बारा– बारा-२ मा मतगणना सुरु भएको छ । हिजो सम्पन्न उपनिर्वाचनको आजबाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।

 सर्वदलीय बैठकपछि दलहरूकै सहमतिमा मतगणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान गरिएको छ ।

सो क्षेत्रबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो ।