खेलकुद

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : नेपालका खड्का बने उत्कृष्ट रेफ्रि

By खबरहब

April 24, 2023

काठमाडौँ–  जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक खड्काले उत्कृष्ट रेफ्रिको भूमिका निर्वाह गरेका छन् ।

जापानको ओसाकामा भएको उन्नाइसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा उनलाई आयोजकले उत्कृष्ट अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा सम्मान गरेको छ ।

शनिबार ओसाकास्थित सकाई सिटीमा सुरु भएको प्रतियोगितामा उनले २ फाइनल र ५ सेमिफाइनलसहित १३ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

ब्ल्याक बेल्ट ४० वर्ष मुनिको खेलमा नेपालको तर्फबाट खड्काले दोस्रो स्थान हासिल गर्दै रजत पदक हात पारेका छन् । प्रतियोगितामा उनले ६.२७ अंक सहित जीत हासिल गरेका हुन् ।

खड्काले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । उनले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

उक्त खेलमा २४ देशका ५०० भन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए ।