ब्रेकिङ स्टोरी

तनहुँ-१ अपडेट : २९ हजार ८०२ मत गनिसक्दा कसको कति ?

By खबरहब

April 24, 2023

तनहुँ – तनहुँ १ मा २९ हजार ८०२ मतगणना सकिएको छ।

२१ वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले १५ हजार १३५ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मतका साथ कांग्रेसका भट्टराईलाई पछ्याइरहेका छन् ।