ब्रेकिङ स्टोरी

बारा-२ अपडेट : २२४ मतका साथ यादव अग्र स्थानमा 

By खबरहब

April 24, 2023

बारा– बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा  सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार ६७० मतगणना भइसकेको छ । 

जसमा  जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएर पछ्याइरहेका छन् । 

यसैगरी, एमाले पुरूषोत्तम पौडेलले १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० र  आम जनता पार्टीका अरूण ज्ञवालीले १२ मत ल्याएका छन् । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।