ब्रेकिङ स्टोरी

तनहुँ-१ मा स्वर्णिम वाग्लेको अग्रता कायमै 

By खबरहब

April 24, 2023

तनहुँ – तनहुँ १ मा हालसम्म ३१ हजार २१९ मतगणना गरिएको छ।

२२ वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार १६६ मतका साथ कांग्रेसका भट्टराईलाई पछ्याइरहेका छन् ।