बलिउड/हलिउड

सामाजिक सञ्जालमा कुनै गोपनीयता छैन : अभिनेता सुनील शेट्टी

By खबरहब

April 24, 2023

मुम्बई– अभिनेता सुनील शेट्टी बलिउडका प्रतिभावान् अभिनेतामा पर्छन् । उनले कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् । बलिउडका एक एक्सन हिरो सामाजिक सञ्जालको ट्रोल्सबाट निकै डराउँछन् ।

‘द रणवीर शो’ मा रणवीर अल्लाहबादियासँगको अन्तरवार्तामा सुनीलले सामाजिक सञ्जालको विषयमा खुलेर कुराकानी गरेका थिए । ‘आजको समयमा सामाजिक स‌ंजालमा कुनै गोपनीयता छैन । यसले तपाईँको जीवनको अन्त्य गरिदिन्छ । एक वाक्यलाई १५ फरक–फरक तरिकाले सम्पादन गरिन्छ । १५ किसिमले प्रस्तुत गरिन्छ । जसकारण हाम्रो जीवन नष्ट गरिदिन्छ । त्यहीकारण यी कुरामा म बोल्न डराउँछु’, उनले भने ।

उनले सामाजिक स‌ंजालले आफूहरूलाई बौद्धिक बन्न बाध्य बनाएको कथा सुनाए । ‘किनकि तपाईँले मलाई त्यो कुराका लागि फरक किसिमले प्रस्तुत गरिरहनु भएको छ, जुन कुरा म गर्न चाहँदिनँ । म ट्वीटर र फेसबुकमा पनि यी कुरा बुझ्दिनँ । मलाई मेरो परिवारलाई गाली गर्नु, मेरी छोरीलाई अपशब्द बोल्नु, मेरो आमालाई बोलाउनु । के कारणले हो यस्तो ? यी सबै कुराले मलाई दुःखी बनाउँछ । किनकि म पुरानो शिक्षाबाट आएको हुँ’, उनले भनेका छन् ।