फोटो फिचर

निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)

By खबरहब

April 24, 2023

काठमाडौँ–  चाबहिलको सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै  प्रदर्शन गरिएको छ ।

७ वैशाखमा पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । तर, हालसम्म पनि हत्यारा पत्ता नलगाएको भन्दै मृतकका आफन्तसहित स्थानीयले सोमबार प्रदर्शन गरेका हुन् ।

‘हत्यारा चाँडो सार्वजनिक गर, हालसम्मको अनुसन्धानको प्रगति के हो ?’ जस्ता लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।