ब्रेकिङ स्टोरी

बारा २ मा मतगणना जारी, जनमतका कुशवाहाको अग्रता कायमै

By खबरहब

April 24, 2023

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

करैयामाई नगरपालिका–१, २ र ३ को सबै मत गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहाले अग्रता कायमै राखेका हुन् । कुशवाहाले १ हजार १४६ मत ल्याएर अग्रता लिँदा जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आमजनता पार्टीको अरुण ज्ञावालीले ११४ मत ल्याएका छन् ।

बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।