सांकेतिक तस्बिर

देश/प्रदेश

धनगढीमा जिपको ठक्करबाट एक जना घाइते

By खबरहब

April 24, 2023

धनगढी– कैलालीको धनगढीमा जिपको ठक्करबाट एक जना घाइते भएका छन् । सोमबार मोहनापुल-अत्तरिया ६ लेन सडकस्थित भाटभटेनी नजिकै जिपले साइकललाई ठक्कर दिँदा साइकलमा सवार चुडामणि न्यौपाने घाइते भएका हुन् ।

से १ च ६८५ नम्बरको जिपले ठक्कर दिँदा साइकलमा सवार ४२ वर्षीय न्यौपाने घाइते भएको कैलाली प्रहरीले बताएको छ । ठक्कर दिने जिप चालक धनगढीका २४ वर्षीय रामबहादुर रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 घाइते न्यौपानेको अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।