ब्रेकिङ स्टोरी

तनहुँ १ मा रास्वपाका डा. वाग्लेको अग्रता कायमै

By खबरहब

April 24, 2023

काठमाडौँ- तनहुँ १ मा मतगणना जारी छ । पछिल्लो विवरण अनुसार मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रतालाई कायमै राखेका छन् । वाग्लेले १९ हजार २ सय ४९ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २ सय ७९ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १ सय ५२ मतका साथ कांग्रेसका भट्टराईलाई पछ्याइरहेका छन् ।