ब्रेकिङ स्टोरी

बारा-२ मा उपेन्द्रको अग्रता कायमै

By खबरहब

April 24, 2023

बारा– बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् । 

आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन् ।