ब्रेकिङ स्टोरी

चितवन २ मा रास्वपाका लामिछानेको अग्रता कायमै

By खबरहब

April 24, 2023

काठमाडौँ- उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । उनले १७ सय मतको अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।